Loading...
‘घरमा तीन वटा मात्रै चिम बाल्छु, मासिक ८० रुपैयाँ मात्रै बिल आउँथ्यो। दुई महिना पहिले एक हजार रुपैयाँको बिल आयो, यस्तै त होला नि भनेर तिरेँ। यो महिना त ३६ हजार पो आयो,’ उनले भने, ‘मजदुरी गरेर छाक टार्छु, महिनामा बिजुलीका मात्रै यतिधेरै पैसा कसरी तिर्नू?’ यो खबर हामीले आजको गोरखापत्र दैनिकबाट लिएका हौ। यस विषयमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा यस्ता थुप्रै गुनासो उठेको थियो। तर विद्युत वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवसितले मिटरमा उठेअनुसार पैसा तिर्नै पर्ने बताए। उनी उपभोक्तालाई परेको मर्काप्रति खासै गम्भीर भएनन्।
Loading...

Post a Comment